ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
हामीले पाएको जनमत सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
2082 General Parties Update

हामीले पाएको जनमत सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 2:57 PM 42 views
<p>काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन्। प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीले पाएको मतादेशमा जनताको आशा र आक्रोश दुवै भएको बताए। उनले भने, ‘हामीले पाएको मत समर्थनको मात्रै होइन, परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो। [&#8230;]</p> <p>The post हामीले पाएको जनमत सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने appeared first on राजधानी राष्ट्रिय द...

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन्। प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीले पाएको मतादेशमा जनताको आशा र आक्रोश दुवै भएको बताए।

उनले भने, ‘हामीले पाएको मत समर्थनको मात्रै होइन, परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो। म गर्वको साथ भन्न सक्छु हामीले बदल्न सुरु गरिसकेका छौँ।’

उनले रास्वपाका हरेक सांसदहरूले अब बोल्ने नभई कामले देखाउनुपर्ने बताए। उनले रास्वपा नेतृत्व सरकारले गरेको काम बोल्ने बताए।

उनले थपे, ‘हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ। र गर्न सुरु गरिसकेका छौँ। अब कर्मचारीतन्त्रदेखि सिङ्गो देशले सरकारको रफ्तारसँग गति मिलाउनुको विकल्प छैन।’

The post हामीले पाएको जनमत सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082