ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
एमालेकाे संसदीय दलको बैठक जारी
2082 General Parties

एमालेकाे संसदीय दलको बैठक जारी

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 1:52 PM 51 views
काठमाडौँ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सडक संघर्षमा उत्रिएकाे नेकपा एमालेकाे संसदीय दलको बैठक शुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । राष्ट्रिय सभाका सांसदहरुसहित सहभागी बैठकले प्रतिनिधि सभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ । त्यसैगरी बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाको विषयमा पनि […]

काठमाडौँ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सडक संघर्षमा उत्रिएकाे नेकपा एमालेकाे संसदीय दलको बैठक शुरु भएको छ।

पार्टी मुख्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । राष्ट्रिय सभाका सांसदहरुसहित सहभागी बैठकले प्रतिनिधि सभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ । त्यसैगरी बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ । संघीय संसद बैठक बिहीबार दिउँसाे २ बजेका लागि आह्वान गरिएको छ ।

एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले चुनाव हारेपछि वरिष्ठ नेताको हैसियतमा पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल दलका नेता बन्ने करिब टुंगो लागेको छ । एमाले निर्वाचन २५ सिट जितेको थियो । एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउविरुद्ध राजनीतिक र कानूनी रुपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ ।

त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेण्डा सोही बैठकले गर्ने एमालेका एक नेताले बताएका हुन् ।

parties election 2082