ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी
2082 General Parties

संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 2:41 PM 47 views
काठमाडौँ। संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले (भोली) बिहीवार अपरान्ह २ बजेट संघीय संसद बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरु सहभागी भएका छन् । नयाँ संसदले सभामुख, उपसभामुख चयन गर्नुपर्नेछ […]

काठमाडौँ।

संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले (भोली) बिहीवार अपरान्ह २ बजेट संघीय संसद बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।

बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरु सहभागी भएका छन् । नयाँ संसदले सभामुख, उपसभामुख चयन गर्नुपर्नेछ ।

संघीय संसदको प्रतिनिधि सभामा २७५ जना सदस्य रहेका छन् । त्यस मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेसले ३७ सिट, एमालेले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम सँस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट ल्याएको छ । यी दलहरु नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरु हुन् ।

बिहीवार बोलाइएको बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा बुधवार (आज) संघीय संसद सचिवालयले सो बैठक बोलाएको हो । बैठकमा सरकारका प्रतिनिधिहरु पनि सहभागी भएका छन् ।

parties election 2082