ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नयाँ सरकारको सय बुँदे सुधार योजनाको स्वागत
2082 General Parties

नयाँ सरकारको सय बुँदे सुधार योजनाको स्वागत

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 3:42 PM 40 views
काठमाडौँ२०८२ फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट भारी मत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र साह (बालेन) प्रजातान्त्रिक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा नेपाल हस्तकला महासंघले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । हस्तकला उद्यमी, व्यवसायी, कलाकार तथा कालिगढहरूको प्रतिनिधिमूलक छाता संस्थाको रूपमा महासंघले मन्त्री परिषद् […]

काठमाडौँ
२०८२ फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट भारी मत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र साह (बालेन) प्रजातान्त्रिक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा नेपाल हस्तकला महासंघले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

हस्तकला उद्यमी, व्यवसायी, कलाकार तथा कालिगढहरूको प्रतिनिधिमूलक छाता संस्थाको रूपमा महासंघले मन्त्री परिषद् गठनसँगै नयाँ सरकारले सार्वजनिक गरेको सय बुँदे कार्ययोजनालाई स्वागत गर्दै देशमा सुशासन र सार्वजनिक सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरेको जनाएको छ ।

महासंघले राष्ट्र निर्माण र समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस क्षेत्रलाई सुरक्षा र राहत दिने सरकारको प्रतिबद्धताले हस्तकला जस्तो स्वदेशी श्रम, कच्चा पदार्थ र सीपमा आधारित उद्यमको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । साथै, सुशासनसम्बन्धी हरेक पहलमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हस्तकला क्षेत्रले अर्थतन्त्र, पर्यटन प्रवद्र्धन, संस्कृति तथा सम्पदा संरक्षण र रोजगारी सिर्जनामा पु¥याउँदै आएको योगदानलाई ध्यानमा राखी हस्तकला मैत्री नीति ल्याइने अपेक्षा गरेको छ । अन्त्यमा, सरकारको प्रभावकारी कार्यसम्पादन र सफलताको कामना गरिएको छ ।

parties election 2082