ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले संसदीय दलको बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै
2082 General Parties

एमाले संसदीय दलको बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 10:51 AM 52 views
काठमाडौं । काठमाडौंमा आज नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे हुने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनका विषयमा छलफल गरिनेछ। चैत १९ गते प्रतिनिधि सभाको बैठक बस्नुअघि नै दलको नेतृत्व टुंग्याउने तयारी एमालेले गरेको हो। साथै, आजको बैठकमा संसदमा एमाले सांसदहरूको भूमिका र आगामी रणनीतिबारे […]

काठमाडौं ।

काठमाडौंमा आज नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे हुने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनका विषयमा छलफल गरिनेछ।

चैत १९ गते प्रतिनिधि सभाको बैठक बस्नुअघि नै दलको नेतृत्व टुंग्याउने तयारी एमालेले गरेको हो। साथै, आजको बैठकमा संसदमा एमाले सांसदहरूको भूमिका र आगामी रणनीतिबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

यसैबीच, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमालेले सडक आन्दोलन चर्काएको छ। सोही सन्दर्भमा पार्टीले सदनभित्र पनि कडा विरोध जनाउने तयारी गरेको बताइएको छ।

parties election 2082