ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बागमती प्रदेश सभाको बैठक चैत २४ भित्र बोलाउन कांग्रेसको आग्रह
2082 General Parties

बागमती प्रदेश सभाको बैठक चैत २४ भित्र बोलाउन कांग्रेसको आग्रह

Inquiry Nepal Inquiry Nepal March 31, 2026 at 8:47 PM 57 views
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेश सभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ।...

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेश सभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ।

संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार बसेको बैठकले चैत २४ गतेभित्र प्रदेश सभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको सचेतक पुकार महर्जनले जानकारी दिए। यहाँ संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुन्।

बैठकले प्रदेश सरकारद्वारा गठित प्रशासनिक पुनः संरचना समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी एक साताभित्र थप सुधारका लागि सुझाव दिने निर्णय गरेको छ। यस्तै, हाल कायम प्रदेशको मन्त्रालय सङ्ख्या १४ बाट घटाएर सात वटा कायम गर्न र कार्यान्वयन गर्न सकिने गरी मात्र नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिने निर्णय नभएको सचेतक महर्जनले बताए।

प्रदेश सभाको रिक्त सभामुखमा दाबी गर्न पार्टीभित्र चर्को दबाब रहे पनि अन्य दलसँगको सहमतिमा सभामुखको टुङ्गो लगाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

यहाँ विगत सात महिनादेखि प्रदेश सभाको बैठक बस्न सकेको छैन। गत साउन २७ गते मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बसेको थियो। त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको छैन।

parties election 2082