ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह
2082 General Candidates Update

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 7:16 PM 65 views
<p>काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, समर्थक तथा आमनागरिकलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको छ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गरिरहेको इओसी नेपालले आज विज्ञप्ति जारी गरी स्वतन्त्र, स्वच्छ, विश्वसनीय तथा धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोगका लागि आग्रह गरेको हो । गएराति १२ [&#8230;]</p> <p>The post निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह appeared first on राजधानी राष्ट्रि...

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, समर्थक तथा आमनागरिकलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको छ ।

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गरिरहेको इओसी नेपालले आज विज्ञप्ति जारी गरी स्वतन्त्र, स्वच्छ, विश्वसनीय तथा धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोगका लागि आग्रह गरेको हो ।

गएराति १२ बजेदेखि मौन अवधि सुरु भए पनि डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण गर्ने गरेको पाइएको जनाउँदै इओसीले त्यस्तो कार्य नगर्न नगराउन सचेत गराएको छ ।

“गएरातिदेखि नै मौन अवधि सुरु भइसकेको छ । त्यसैले उम्मेदवार, दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश र भ्रामक सामग्रीको सेवर गर्नेलगायत गतिविधि आचारसंहिताविपरीत हो । त्यस्ता गतिविधिको निरन्तरताले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना दोहोरिरहेको अवस्था छ । यसमा सबै गम्भीर बनौँ”, विज्ञप्तिमा भनिएको छ ।

विगतका निर्वाचनमा जस्तै यस पटक पनि देशभर दीर्घकालीन र अल्पकालीन गरी सात सय जना राष्ट्रिय पर्यवेक्षक परिचालन गरिएका छन् । विगतको निर्वाचनको तुलनामा यस पटक सामाजिक सञ्जालको व्यापक प्रयोग भएकाले त्यसको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङघन हुनसक्ने भन्दै सुक्ष्म पर्यवेक्षण भइरहेको इओसी नेपालले जनाएको छ । केन्द्रिय कार्यालयमा विशेष प्राविधिक टोलीको व्यवस्था गरी विभिन्न सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट भएका आचारसंहिता उल्लङ्घनका घटनाको पर्यवेक्षण भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले निर्वाचन सुरु हुन अब एक दिन र केही घण्टा मात्र बाँकी रहेको अवस्थामा निर्वाचन आयोग, नेपाल सरकारलाई आचारसंहिता विपरितका गतिविधि रोक्न र सम्पूर्ण निर्वाचन प्रक्रियाको कडाइका साथ निगरानी तथा पालना गराउन आग्रह गरे । उनले सुरक्षाका सम्भावित चुनौतीलाई आँकलन गरी सुरक्षा व्यवस्थापन चुस्त बनाउन पनि आग्रह गरे ।

The post निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082