ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

पूर्णबहादुर–शेखर पक्षको गतिविधिप्रति प्रदीप पौडेल चिन्तित, छिन्नभिन्न नहुन आग्रह

Inquiry Nepal Inquiry Nepal March 31, 2026 at 9:52 AM 55 views
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको केन्द्रीय समितिको बैठक मंगलबारदेखि बस्दैछ । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीनवटा एजेन्डा तय गरेको छ । बैठकका लागि फागुन २१ मा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने बताइएको छ । संस्थापनइतर […]

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको केन्द्रीय समितिको बैठक मंगलबारदेखि बस्दैछ । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीनवटा एजेन्डा तय गरेको छ ।

बैठकका लागि फागुन २१ मा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने बताइएको छ ।

संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाएपछि कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता–कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गरेका छन् । शेरबहादुर देउवा र शेखर कोइराला समूहले बैठक सुरू गर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता–कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गरेका हुन् ।

‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’पौडेलले लेखेका छन्, ‘म पार्टी महामन्त्रीमात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं ।’

पौडेलले देशका हरेक संकटमा कांग्रेस एकजुट रहेको र त्यही एकताको बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्दै सफलता हासिल गरेको स्मरण गरेका छन् । ‘म नेपाली कांग्रेसका सबै नेता–कार्यकर्तामा अनुरोध गर्छु– एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’ उनले भनेका छन् ।

parties election 2082