ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेस इतर समूह बैठक आजदेखि, तीन एजेन्डामा केन्द्रित छलफल
2082 General Parties Analysis

कांग्रेस इतर समूह बैठक आजदेखि, तीन एजेन्डामा केन्द्रित छलफल

Inquiry Nepal Inquiry Nepal March 31, 2026 at 9:33 AM 61 views
काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेसको संस्थापनइतर समूहको दुई दिने बैठक आजदेखि सुरू भएको छ। धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बोलाइएको बैठकमा पार्टीको हालै सम्पन्न निर्वाचन परिणाम, १५ औं महाधिवेशनको कार्यतालिका तथा तयारी, र सम्भावनाबारे छलफल हुने जनाइएको छ। निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्दै आगामी रणनीति तय गरिनेछ। […]

काठमाडौं ।

काठमाडौंमा नेपाली कांग्रेसको संस्थापनइतर समूहको दुई दिने बैठक आजदेखि सुरू भएको छ। धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बोलाइएको बैठकमा पार्टीको हालै सम्पन्न निर्वाचन परिणाम, १५ औं महाधिवेशनको कार्यतालिका तथा तयारी, र सम्भावनाबारे छलफल हुने जनाइएको छ।

निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्दै आगामी रणनीति तय गरिनेछ। साथै, आगामी वैशाख अन्तिमतिर तय गरिएको १५ औं महाधिवेशनको तयारीबारे पनि बैठकमा गम्भीर छलफल हुनेछ।

यसअघि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेको २८–३१ वैशाखको महाधिवेशन कार्यतालिका पारित भइसकेको छ। बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी समेत गरिएको छ।

parties election 2082