ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सबै सांसदले जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने
2082 General Parties

सबै सांसदले जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

Inquiry Nepal Inquiry Nepal March 30, 2026 at 3:12 PM 40 views
फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित भइ यही चैत १२ गते शपथ ग्रहण गरेका सबै सांसद्ले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेछ।...

प्रतिनिधि सभा सदस्यमा निर्वाचित सबै सांसद्लाई आगामी जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयले अनुरोध गरेको छ।

आयोगले केहीदिन अघि नै सूचना निकालेर फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित भइ यही चैत १२ गते शपथ ग्रहण गरेका सबै सांसद्लाई आफ्नो सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको हो ।

सचिवालयले निकालेकाे सूचनामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार पेश गर्न भनिएकाे छ।

parties election 2082