ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपा सांसद बास्कोटा भन्छिन्: मन्त्री भेट्न समय मिलाउने काम गर्दिनँ
2082 General Parties Analysis

रास्वपा सांसद बास्कोटा भन्छिन्: मन्त्री भेट्न समय मिलाउने काम गर्दिनँ

Inquiry Nepal Inquiry Nepal March 30, 2026 at 11:15 AM 69 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद समीक्षा बास्कोटाले मन्त्री भेट्न समय मिलाइदिन आग्रह गर्नेहरूलाई जवाफ दिएकी छन्।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद समीक्षा बास्कोटाले मन्त्री भेट्न समय मिलाइदिन आग्रह गर्नेहरूलाई जवाफ दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले त्यस्तो काम नगर्ने स्पष्ट पारेकी हुन्।

उनले भनेकी छन्, ‘मलाई मन्त्रीज्यूलाई बधाई तथा शुभकामना दिन समय मिलाइदिनु भन्ने आग्रहहरू आउने गरेका छन्। तर म त्यस्तो काम गर्दिनँ।’

सांसद बास्कोटाले मन्त्री भेट्नेभन्दा प्रणाली सुधार गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको उल्लेख गरिन्। नेता चिनेर भन्दा काम गरेर साथ दिनुपर्ने बताउँदै उनले काम गर्ने भावनालाई सहयोग गर्न उनले सबैसँग अनुरोध समेत गरेकी छन्।

सुधार माथिबाट मात्र नभई नागरिक तहबाटै सुरु हुनुपर्नेमा उनको जोड छ।

हेर्नुस् उनको एक्स पोस्ट
प्रिय साथीहरू,
मलाई “मन्त्रीज्यूलाई बधाई तथा शुभकामना दिन समय मिलाइदिनु” भन्ने आग्रहहरू आउने गरेका छन्। तर म त्यस्तो काम गर्दिनँ।
मन्त्री भेट्ने भन्दा प्रणाली सुधार गर्ने तर्फ ध्यान दिनु पर्दछ। नेता चिनेर होइन, काम गरेर साथ दिनु पर्दछ। उहाँहरूको काम गर्ने स्पिरिटलाई सहयोग गरौँ।
सुधार माथिबाट मात्र होइन, नागरिकको तहबाट पनि सुरु हुनुपर्छ।
कर्म गरौँ, कामको लागि सबैलाई भेट्न सकिन्छ।
फेरि पनि टिमलाई शुभकामना ! परिवर्तन हाम्रै पालामा !!

parties election 2082