ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कार्की आयोगको प्रतिवेदन प्रहरीलाई बुझाइयो, कार्यान्वयनको काम तत्कालै थालिने
2082 General Commission Alert

कार्की आयोगको प्रतिवेदन प्रहरीलाई बुझाइयो, कार्यान्वयनको काम तत्कालै थालिने

Inquiry Nepal Inquiry Nepal March 29, 2026 at 1:24 PM 100 views
<p>काठमाडौं । जेनजी प्रदर्शन&#8217;bout जाँचबुझ गरेर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाइएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन&#8217;bout छानबिन गर्न गठन भएको सो आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई निर्वाचन सकेलगत्तै आफ्नो प्रतिवेदन बुझाएको थियो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि [&#8230;]</p> <p>The post कार्की आयोगको प्रतिवेदन प्रहरीलाई बुझाइयो, कार्यान्वयनको का...

काठमाडौं । जेनजी प्रदर्शन’bout जाँचबुझ गरेर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाइएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन’bout छानबिन गर्न गठन भएको सो आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई निर्वाचन सकेलगत्तै आफ्नो प्रतिवेदन बुझाएको थियो ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयबाट काठमाडौं प्रहरी परिसरलाई हस्तान्तरण गरिएको हो ।
‘हामीलाई गृह मन्त्रालयबाट जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त भएको छ । त्यसैअनुसार कारबाही अघि बढाएका छौं,’ परिसर प्रमुख एसएसपी रमेश थापाले भने ।

काठमाडौं परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं आइपुगेको भन्दै अब कार्यान्वयनको काम तत्कालै शुरू गर्ने बताए । पक्राउ गरिनुपर्ने थप मानिसको पहिचान र पक्राउको प्रक्रिया पनि शुरू हुने उनले बताए ।

जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । दुवै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरे पनि मन्त्रिपरिषद्ले सुरक्षा निकायका अधिकारीहरूको हकमा छुट्टै समिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको छ ।

The post कार्की आयोगको प्रतिवेदन प्रहरीलाई बुझाइयो, कार्यान्वयनको काम तत्कालै थालिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082