ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Alert

सरकारले सबै दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ बनाउने

Inquiry Nepal Inquiry Nepal March 28, 2026 at 9:52 PM 64 views
<p>काठमाडौं । सरकारले आम निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र र प्रतिबद्धतापत्रहरूलाई एकीकृत गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने निर्णय गरेको छ। शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमा उक्त विषयबस्तु समेटिएको छ । कार्यसूचीमा निर्वाचनमा सहभागी सबै दलका घोषणापत्रमा समावेश कार्यान्वयनयोग्य विषय समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने र तत्कालै कार्यान्वयन गर्ने कार्यसूची पनि समेटिएको छ । [&#8230;]</p> <p>The post सरकारले सबै दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ बनाउन...

काठमाडौं । सरकारले आम निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र र प्रतिबद्धतापत्रहरूलाई एकीकृत गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने निर्णय गरेको छ। शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमा उक्त विषयबस्तु समेटिएको छ ।

कार्यसूचीमा निर्वाचनमा सहभागी सबै दलका घोषणापत्रमा समावेश कार्यान्वयनयोग्य विषय समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने र तत्कालै कार्यान्वयन गर्ने कार्यसूची पनि समेटिएको छ ।

यसरी तयार पारिएको राष्ट्रिय प्रतिबद्धतालाई सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधारका एजेन्डासँग आबद्ध गरिनेछ।

यसको तत्काल कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आवश्यक संरचना स्थापना गरेर जिम्मेवारी दिइने सरकारले बताएको छ।‘निर्वाचनमार्फत व्यक्त जनादेशलाई संस्थागत रूपले कार्यान्वयन गर्न निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रहरूमा समावेश कार्यान्वयनयोग्य विषयहरूको संश्लेषण गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने एवं सोमा नेपाल सरकारको साझा स्वामित्व स्थापित गर्ने,’ कार्यसूचीको तेस्रो बुँदामा भनिएको छ, ‘उक्त प्रतिबद्धतालाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेण्डासँग आबद्ध गरी तत्कालैदेखि कार्यान्वयन गर्न तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आवश्यक संरचना स्थापना गरी जिम्मेवारी दिने ।’

यसअन्तर्गत प्रत्येक मन्त्रालयले ७ दिनभित्र प्रमुख १० कार्य र त्यसको समयसीमासहितको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा पेस गर्नुपर्नेछ।

The post सरकारले सबै दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ बनाउने appeared first on RONB post.

parties election 2082