ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नगद चलखेल प्रमाणित भए उम्मेदवारी खारेज, ६ वर्षसम्म प्रतिबन्ध
2082 General Candidates Result

नगद चलखेल प्रमाणित भए उम्मेदवारी खारेज, ६ वर्षसम्म प्रतिबन्ध

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 3:49 PM 57 views
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शून्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट परेका हुन् । हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १ सय […]

काठमाडौँ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शून्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट परेका हुन् ।

हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १ सय उजुरी परेको बताए । तीमध्ये धेरैको स्थानीय स्तरमै फस्र्योट भइसकेको उनले बताए । आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रिय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उनले बताए ।

उनले भने, ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिवन्ध लगाइनेछ । एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो ।’ निर्वाचन आयोग कुनैपनि दबाबमा नपरी कानून बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उनको दाबी छ ।

candidates election 2082