ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

सुधन गुरुङ गृहमन्त्री, वातावरणविज्ञ लम्साललाई भौतिकको जिम्मा

Inquiry Nepal Inquiry Nepal March 27, 2026 at 11:52 AM 97 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा महामन्त्री सुनिल लम्साललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। लम्साल २१ फागुनको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । [&#8230;]</p> <p>The post सुधन गुरुङ गृहमन्त्री, वातावरणविज्ञ लम्साललाई भौतिकको जिम्मा appeared first on R...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो ।

रास्वपा महामन्त्री सुनिल लम्साललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

लम्साल २१ फागुनको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । ३५ वर्षे लम्सालसँग पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गरेको अनुभव छ ।

प्रधानमन्त्रीसहित मन्त्री बन्न लागेकाको सूची
१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा
२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. सुधन गुरुङ – गृहमन्त्री
४. शिशिर खनाल – परराष्ट्रमन्त्री
५. सोविता गौतम – कानुनमन्त्री
६. सस्मित पोखरेल – शिक्षामन्त्री
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१३. गनेश पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना
१५. दीपक साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी – कृषि तथा पशुपन्छी

The post सुधन गुरुङ गृहमन्त्री, वातावरणविज्ञ लम्साललाई भौतिकको जिम्मा appeared first on RONB post.

parties election 2082