ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सीता बादी: हेपिएको झुपडीदेखि मन्त्रीसम्म
2082 General Parties

सीता बादी: हेपिएको झुपडीदेखि मन्त्रीसम्म

Inquiry Nepal Inquiry Nepal March 27, 2026 at 1:12 PM 56 views
उनले केहीबेर अघिमात्र मन्त्री पदको शपथ लिएकी छन् । सीता राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा आएकी सांसद हुन् ।...

सीता बादी नेपाल सरकारको मन्त्री बनेकी छन् । बालेन्द्र शाह नेतृत्वको मन्‍त्रिपरिषदमा सीताले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनिन् ।

उनले केहीबेर अघिमात्र मन्त्री पदको शपथ लिएकी छन् । सीता राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा आएकी सांसद हुन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा २०५२ सालमा जन्मिएको सीताले पछाडी परेको समुदायले भोग्नुपर्ने सबै समस्या भोगिन । सानै उमरेदेखि गरिबी, छुवाछुतसहितका सामाजिक अपमान र बहिष्कारको नमिठो अनुभव भोगेकी उनी अब यो समुदायको आवाज उठाउनेमात्र होइन । समस्या सम्बोधन गर्ने ठाउँमा पुगेकी छन् ।

विगतमा बालुवा उत्खनन गर्दै जीविकोपार्जन गर्ने परिवारमा रहेकी उनी अब देशको शासनसत्ता सम्हाल्ने मन्त्री पदमा पुगेकी छन् । उनको यो उपस्थितिलाई सम्पूर्ण पछाडी परेको समुदायको उपस्थितिका रुपमा लिइएको छ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनले समय सामाजिक क्षेत्रमा काम गरिरन । दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा र महिलालाई सीपमूलक तालिम प्रदान गर्दै आएकी थिइन ।

पश्चिम नेपालमा बसोबास गर्ने बादी समुदाय दलित जातिभित्रको सीमान्तकृत समुदाय हो ।यो समुदायका नागरिक पश्चिम नेपालका विभिन्न जिल्लामा स-सानो संख्यामा बस्दै आएका छन् ।

इतिहासकारहरूका अनुसार भारतबाट १४ सय शताब्दीमा राजा रजौटाहरूको मनोरञ्जनका लागि नेपाल ल्याइएका बादी समुदायले लामो समयदेखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका थिए ।

parties election 2082