ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

प्रधानमन्त्री कार्कीको सम्बोधन-‘केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु’

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 10:30 PM 38 views
<p>काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् । बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जिम्मेवारी जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्य पूरा भएको बताइन् । ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु,’ उनले भनिन्। देशवासीका नाममा सम्बोधन गर्दै [&#8230;]</p> <p>The post प्रधानमन्त्री कार्कीको सम्बोधन-&#8216;केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदै...

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् ।

बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जिम्मेवारी जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्य पूरा भएको बताइन् । ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु,’ उनले भनिन्।

देशवासीका नाममा सम्बोधन गर्दै कार्कीले कठिन परिस्थितिमा सरकारको नेतृत्व सम्हालेको उल्लेख गर्दै ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरिएको बताइन् ।

सम्बाेधनकाे पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नमस्कार। आज म तपाईंहरूसामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ। म सम्झिरहेकी छु, ती कलिला बालबालिका, जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्‍यो। ती ऊर्जावान् किशोरकिशोरी, जसले आजीवन अपांगता व्यहोर्नुपर्‍यो। ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुपर्‍यो। सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती सम्पूर्ण सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

घाइते योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दछु। र, सहारा गुमाउनुभएका परिवारलाई भन्न चाहन्छु, तपाईँहरु एक्लो हुनुहुन्न। तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु। हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आह्वान गर्दछु। भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो। तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ।

परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ। अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु। हामी सबैलाई स्मरण होला( २०८२ भदौ २३ र २४ को युवाहरुको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति।

७६ जनाको निधन, २ हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो। त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा संगठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो। सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्‍यौँ।

The post प्रधानमन्त्री कार्कीको सम्बोधन-‘केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु’ appeared first on RONB post.

election election 2082