ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
उम्मेदवारहरूद्वारा एन्फा निर्वाचनमा भाग नलिने निर्णय
2082 General Candidates

उम्मेदवारहरूद्वारा एन्फा निर्वाचनमा भाग नलिने निर्णय

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 9:57 PM 46 views
काठमाडौं। दीर्घबहादुर केसी कुमारसहितको प्यानलले विवादास्पद अग्रिम निर्वाचन बहिष्कार गर्ने निर्णय लिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई बुधबार निलम्बन गरेपछि केसीले निर्वाचनमा भाग लिन नहुने भन्दै सो निर्वाचनमा भाग नलिने बताएका हुन् । अध्यक्ष पदमा उम्मेदवार दिएका केसीले राखेपको निर्णयलाई आधार मान्दै यस्तो अवस्थामा निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेको बिहीबार भएको पत्रकार […]

काठमाडौं।

दीर्घबहादुर केसी कुमारसहितको प्यानलले विवादास्पद अग्रिम निर्वाचन बहिष्कार गर्ने निर्णय लिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई बुधबार निलम्बन गरेपछि केसीले निर्वाचनमा भाग लिन नहुने भन्दै सो निर्वाचनमा भाग नलिने बताएका हुन् ।

अध्यक्ष पदमा उम्मेदवार दिएका केसीले राखेपको निर्णयलाई आधार मान्दै यस्तो अवस्थामा निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेको बिहीबार भएको पत्रकार सम्मेलनमा बताए । उनले यस निर्वाचन स्वार्थका लागि हुन लागेको पनि बताए ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका एनआरटी क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले पनि निर्वाचनमा भाग नलिने बताए । यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी पनि आज हुने निर्वाचनमा भाग नलिने भएका छन् ।

निर्वाचनमा हिमालयन शेर्पा क्लवका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले पनि भाग नलिने पत्रकार सम्मेलनमा बताए । फ्रेण्ड्स क्लब र मनाङ मस्र्याङ्दी क्लबका प्रतिनिधि पनि निर्वाचन बहिष्कार गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित थिए ।

राखेपले बुधबार साँझ मात्र एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । परिषदले एन्फाले आफ्ना निर्देशनहरु पटक–पटक अटेर गर्दै खेलकुद ऐनअनुसार स्विकृति नलिई निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाएको छ । यद्यपि निलम्बनका बावजुद एन्फा चैत १३ गते जसरी पनि निर्वाचन गर्ने अन्तिम तयारी गरिरहेको छ ।

candidates election 2082