ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
संविधान सही बाटोमा फर्कियो :  गृहमन्त्री अर्याल
2082 General Election Update

संविधान सही बाटोमा फर्कियो : गृहमन्त्री अर्याल

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 6:02 PM 60 views
<p>काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालको मुख्य उपलब्धि निर्वाचनलाई मानेका छन्। जेन–जी जनआन्दोलन पछिको असामान्य परिस्थितिमा गठन भएको सरकारको मुख्य म्याण्डेट नै निष्पक्ष निर्वाचन गराउनु रहेको उनले बताए। उनले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन सफल भएकोमा गर्व गरे। गृहमन्त्री अर्यालले आफ्नो कार्यकालमा जेन–जी जनआन्दोलनका मागहरूलाई सम्बोधन गर्न विशेष प्राथमिकता दिएको [&#8230;]</p> <p>The post संविधान सही बाटोमा फर्कियो : गृहमन्त्री अर्याल ...

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालको मुख्य उपलब्धि निर्वाचनलाई मानेका छन्।

जेन–जी जनआन्दोलन पछिको असामान्य परिस्थितिमा गठन भएको सरकारको मुख्य म्याण्डेट नै निष्पक्ष निर्वाचन गराउनु रहेको उनले बताए। उनले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन सफल भएकोमा गर्व गरे।

गृहमन्त्री अर्यालले आफ्नो कार्यकालमा जेन–जी जनआन्दोलनका मागहरूलाई सम्बोधन गर्न विशेष प्राथमिकता दिएको बताए। आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको जानकारी उनले दिए।

त्यसैगरी, आन्दोलनका ७ सय २९ जना घाइतेलाई तत्काल राहत स्वरूप प्रतिव्यक्ति ३५ हजार रुपैयाँ वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक जीविकोपार्जन भत्ताको व्यवस्था शुरु गरिएको उनको भनाइ छ। शहीदका आश्रित परिवारका लागि जीवन निर्वाह वृत्तिको निर्णय समेत कार्यान्वयनको चरणमा रहेको उनले उल्लेख गरे ।

छोटो अवधिमै गृह मन्त्रालयले नीतिगत र कानुनी क्षेत्रमा ठूलो फड्को मारेको अर्यालले दाबी गरे। ६ महिनाको अवधिमा दुई दर्जनको हाराहारीमा कानुनहरू तर्जुमा तथा संशोधन गरिएको गृहमन्त्री अर्यालले बताए। जसमा ५ वटा अध्यादेश, ७ वटा नियमावली संशोधन र विभिन्न कार्यविधिहरू रहेका छन्।

आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ४ सय ६५ वटा सरकारी कार्यालयहरू (जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय आदि) को पुनर्निर्माण गरी सेवा प्रवाहलाई पूर्ण रूपमा सुचारु गरिएको विषयलाई उनले आफ्नो कार्यकालको महत्वपूर्ण प्रशासनिक सफलताको रूपमा प्रस्तुत गरे ।

आफूलाई ‘विशुद्ध व्यावसायिक व्यक्ति’ का रूपमा चिनाउँदै अर्यालले गृह प्रशासनमा सामूहिक नेतृत्वको भावना विकास गरेको स्पष्ट पारे। सुरक्षा निकाय र कर्मचारीतन्त्रको खस्किएको मनोबल उच्च बनाउन ‘बटम–अप’ (तल्लो तहबाट माथि) अप्रोच अपनाइएको उनको तर्क छ।

उनले भने, ‘हामीले व्यवसायिकतालाई केन्द्रबिन्दुमा राखेको हुनाले व्यावसायिक जनशक्तिको मर्यादा बढाउने काम गरिएको छ। प्रणालीलाई मात्र दोष दिनु भन्दा कार्य वातावरण राम्रो दिन सक्यौँ भने लक्षित नतिजा प्राप्त गर्न सकिन्छ भन्नेकुरा यसपालि मन्त्रालयले पुष्टि गरेको छ।’

उनले राष्ट्र सेवक र सुरक्षा फौजको मनोबल गिराउने गरी बजारमा बनाइने ‘गलत भाष्य’ विरुद्ध उभिनुपर्ने बताए। बाहिर रहँदा पनि आफूले सत्यको आधारमा संस्थाको रक्षाका लागि भुमिका खेल्ने उनले प्रतिवद्धता व्यक्त गरे।

The post संविधान सही बाटोमा फर्कियो : गृहमन्त्री अर्याल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082