ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

ओलीले भने-‘सामाजिक सञ्जलमा हामीले बोल्न लेख्न सकेनौं, टिप्पणी गर्ने बेला भएको छैन’

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 4:19 PM 47 views
<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणाम अस्वभाविक, अपत्यारिलो र जादुमय भएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न नसक्दा चुनाव परिणाम अस्वभाविक भएको बताएका हुन् । ओलीले भने, ‘निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन । [&#8230;]</p> <p>The post ओलीले भने-&#8216;सामाजिक सञ्जलमा हामीले बोल्न लेख्न सकेनौं, टिप्पणी गर्ने बेला भएको छैन&#8...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणाम अस्वभाविक, अपत्यारिलो र जादुमय भएको टिप्पणी गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न नसक्दा चुनाव परिणाम अस्वभाविक भएको बताएका हुन् ।

ओलीले भने, ‘निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन । यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय छ । हाम्रा विरोधिहरुले अथवा हाम्रा उद्देश्यका विरोधिहरुले हाम्रा विरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो ।

असभ्य, अश्लिल, गालीगलौज र कुप्रचारहरु भए । हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन । यस्तासँग के प्रतिवाद गर्ने भन्ने हिसाबले चुप लाग्ने प्रवृत्ति बढ्यो । डटेर सामना गर्न सकेनौं । सामाजिक सञ्जलमा हामीले बोल्न लेख्न सकेनौं ।’

The post ओलीले भने-‘सामाजिक सञ्जलमा हामीले बोल्न लेख्न सकेनौं, टिप्पणी गर्ने बेला भएको छैन’ appeared first on RONB post.

parties election 2082