काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनीहरूले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद्को बहुउद्देश्यीय हलमा शपथ लिएका हुन्।
यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई सांसदको शपथ गराएका थिए। राष्ट्रपतिबाट शपथ लिएका ज्येष्ठ सदस्यले नै बाँकी सांसदलाई शपथ गराउने व्यवस्था रहेको छ।
The post यस्तो देखियो प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ(तस्बिरहरू) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....