ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

४७ सांसदले लिँदैछन् मातृभाषामा शपथ, खुश्बु ओलीले संस्कृतमा लिने

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 10:02 AM 54 views
<p>काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित २७४ सांसदले आज शपथ लिँदैछन्। जसमध्ये ४७ जना सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन्। प्रतिनिधिभाका नव निर्वाचत २७४ जना सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे हुँदैछ। ४७ सांसदले १७ वटा मातृभाषामा सपथ लिने तय भएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की समानुपातिक सांसद खुश्बु ओलीले [&#8230;]</p> <p>The post ४७ सांसदले लिँदैछन् मातृभाषामा शपथ, खुश्बु ओलीले संस्कृतमा लिने appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित २७४ सांसदले आज शपथ लिँदैछन्। जसमध्ये ४७ जना सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन्। प्रतिनिधिभाका नव निर्वाचत २७४ जना सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे हुँदैछ।

४७ सांसदले १७ वटा मातृभाषामा सपथ लिने तय भएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिँदैछिन् ।

प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेस नेता अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनेछन्।

नेपाल भाषामा शपथ लिन अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जित, विराजभक्त श्रेष्ठ, सहजान खातुनले निवेदन दिएका संसद् सचिवालयले जनाएको छ। त्यसैगरि आकृति अवस्थी, दीपकराज बोहरा र हरिनादेवी कामीले डोटेली भाषामा शपथ लिने तयारी गरेका छन्।

त्यसैगरि अंकिता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्र साह कलवार, निशा मेहता, मनीष झा, मातृकाप्रसाद यादव, रामजी यादव, सीताराम साह, शम्भुकुमार यादव र जोगकुमार बरबरिया यादवले मैथिली भाषामा शपथ लिँदैछन् । त्यसैगरि नीतिमा भण्डारी कार्की र राजेशकुमार चौधरीले बजिका भाषामा शपथ लिने संसद् सचिवालयले जनाएको छ।

भोजपुरी भाषमा कन्हैया बनियाँ, बुद्धिप्रसाद पन्त र रवीन्द्र पटेलले शपथ लिनेछन्। त्यसैगरि अमरकान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, प्रमिलाकुमारी गच्छदार, सुरेन्द्र चौधरी तथा कठरिया थारू भाषामा करिश्मा कठरिया र राना थारू, कृपाराम राना थारू भाषामा शपथ लिनेछन् ।

मगही भाषामा प्रमोदकुमार महतो र राजकिशोर महतोले शपथ लिने संसद् सचिवालयले जनाएको छ।

त्यसैगरि संस्कृत भाषामा खुश्बु ओली, बान्तावा भाषामा ध्रुवराज राई, तामाङमा परशुराम तामाङ, चाम्लिङमा निश्कल राई, अवधिमा मोहम्मद इश्तियाक राई, बझांगीमा ऐनबहादुर महर, छन्त्यालमा गंगा छन्त्याल र मगर खाम भाषमा रेनुका काउचाले शपथ लिने तयारी गरेका छन्।

श्रम संस्कृति पार्टीका ७ जना सांसदले चारवटा मातृ भाषामा शपथ लिने तयारी गरेका छन्। अध्यक्ष हर्क सामपाङले भने नेपाली भाषामै शपथ लिने सो पार्टीले जनाएको छ।

२०६४ को पहिलो संविधानसभापछि धेरैले मातृ भाषामा शपथ गर्नका लागि टिपाएको संसद् सचिवालयले जनाएको छ। २०६४ को संविधानसभामा २ सय ६४ जनाले आआफ्ना मातृभाषामा शपथ लिएका थिए। २०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले मातृभाषामा शपथ लिएका थिए ।

The post ४७ सांसदले लिँदैछन् मातृभाषामा शपथ, खुश्बु ओलीले संस्कृतमा लिने appeared first on RONB post.

parties election 2082