ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाले बालेनलाई आज दलको नेता चयन गर्ने, भोलि प्रधानमन्त्री नियुक्त हुने

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 10:14 AM 47 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक बिहीबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ । पार्टीका वरिष्ठ नेता बालेन्द्र साहबालेनलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले बताए । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । रास्वपाले बालेनलाई […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक बिहीबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ । पार्टीका वरिष्ठ नेता बालेन्द्र साहबालेनलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले बताए । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए ।

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । रास्वपाले बालेनलाई शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी थालेको छ । प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ प्राप्त रास्वपाको संसदीय दल बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

रास्वपाले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ । अन्य सदस्यले जस्तै बालेनले बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे केन्द्रीय समिति बैठकमार्फत रास्वपाले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ । विधानमा दल नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्नेछ ।

केन्द्रीय समितिबाट विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दाबेदार वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्ने कार्यतालिका रास्वपाले बनाएको छ । त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाउने तयारी छ ।

त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार बिहानसम्म प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपा सांसद सस्मित पोखरेलले केन्द्रीय समिति बैठकबाटै सरकारको सम्पूर्ण टिम अन्तिम हुने बताए । उनका अनुसार मन्त्रालयहरूको पुनर्संरचना, मर्जर र संख्या घटाउने विषयमा छलफल जारी छ ।

parties election 2082