काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ । बैठकमा रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ ।
बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गरिने रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले पार्टी वरिष्ठ नेता बलेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।
आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइसकेको छ ।
The post रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, संसदीय दलको नेता छान्ने appeared first on RONB post.