काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट आएको ताजा जनादेश कार्यान्वयनतर्फ अघि बढेको छ । निर्वाचित ज्येष्ठ सदस्य अर्ज ुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराएपछि देश नयाँ जनादेश कार्यान्वयन चरणमा प्रवेश गरेको हो । २ सय ७४ सांसदले बिहीबार (आज) शपथ लिँदै छन् भने शुक्रबार प्रधानमन्त्रीले शपथ लिने कार्यक्रम छ ।
ताजा जनादेश कार्यान्वयन सुरु
झन्डै दुईतिहाइ (१ सय ८२ सिट) बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार (भोलि) प्रधानमन्त्री पदको शपथ लिँदै छन् । ज्येष्ठ सदस्य केसी सभामुख निर्वाचित नभएसम्मका लागि सभामुखको भूमिकामा हुने छन् । केसीले अन्य सांसदलाई बिहीबार (आज) शपथ गराउँदै छन् । नेपाली कांग्रेसबाट समानुपातिक सांसद भएका केसी कांग्रेसबाट दलको नेता बन्ने अवसरसमेत पाउनसक्ने चर्चा छ । राष्ट्रिय पञ्चायत सदस्य भएका केसी तत्कालीन सूर्यबहादुर थापा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री भएका थिए ।
पञ्चायतकालमा दुईपटक र बहुदलकालमा तीनपटक मन्त्री भएका केसीलाई कांग्रेस यसपटक दलको नेता बनाउन सक्छ । उनले प्रमुख प्रतिपक्षी दलका नेताको भूमिकासमेत निर्वाह गर्नुपर्ने हुन्छ । नवनिर्वाचित संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने हुन्छ । त्यतिबेलासम्मका लागि केसी नै ‘काम चलाउ सभामुख’को भूमिकामा हुने छन् ।
प्रधानमन्त्रीको शपथमा वैदिक विधि
बिहीबार सांसदले शपथ लिएसँगै शुक्रबार प्रधानमन्त्रीले शपथ लिँदै छन् । प्रधानमन्त्री बन्न लागेका रास्वपा वरिष्ठ नेता शाहलाई पार्टीले दलको नेता बनाउन केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार नै रास्वपा केन्द्रीय समिति तथा दलको बैठक बस्ने बताइएको छ । रास्वपा स्रोतका अनुसार बालेन शाहको शपथग्रहणका लागि शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा साइत जु¥याइएको छ । सोही अनुसारको साइतमै शपथ लिने ब्यहोराको जानकारी राष्ट्रपति कार्यालयलाई गराइएको छ ।
रास्वपा सांसद राजीव खत्रीका अनुसार प्रधानमन्त्री बालेनको शपथग्रहण कार्यक्रममा १ सय ८ बटुकले स्वस्ति वाचन गर्ने, १ सय ७ बौद्ध लामागुरुबाट मंगलबाचन र ७ ब्राह्मणको शंखनादसहित शंखध्वनीले गुञ्जनेगरी सनातन धर्मबाट सम्पन्न गरिने छ । ‘१०८ बटुकले स्वस्ति–शान्ति वाचन गर्ने । १०७ बौद्ध लामा गुरुहरूबाट मंगलवाचन गराइने, ७ ब्राह्मणको शंखनादसहित शंखध्वनिले गुञ्जने अर्थात् सनातन धर्मबाट गुञ्जायमान बनाउने,’ खत्रीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘धर्ममा राजनीति गर्ने होइन, यसरी आस्था राख्ने हो ।
आफ्नो संस्कार र परम्परा अंगाल्ने, अरूको संस्कार र परम्पराको सम्मान गर्ने हो । अब तीन करोड नेपालीको प्रतिष्ठा उच्चो हुने र सामूहिक समृद्धि, सुख र विकासको हाइवे तयार हुने निश्चित छ । सबैको मंगल होस् ।’
शक्ति बाँडफाँट कसरत
शुक्रबार प्रधानमन्त्रीको शपथग्रहणकै दिन बढीमा १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने रास्वपा वरिष्ठ नेता शाहको तयारी छ । शाह नेतृत्वमा सरकार गठन तयारी गरेको रास्वपाले मन्त्रीदेखि सभामुखसम्म बनाउन मापदण्ड नै बनाएको छ । स्रोतका अनुसार सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद (डीपी) अर्याल, पूर्वउपसभामुख इन्दिरा रानामगर, सोविता गौतम, प्रतिभा रावललगायतको नाम चर्चामा छ ।
अर्याललाई गृहमन्त्री बनाउने सहमति जुटेको रास्वपाका नेताले दाबी गरे पनि अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता शाहले नै अन्तिम नाम तय गर्ने सहमति भएको छ । शाह मन्त्रिपरिषद् संख्या १८ सम्ममा राख्नेगरी तयारीमा जुटेका छन् । तर, मन्त्रीका आकांक्षी बढ्दो छ । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेको नाम टुंगो लागे पनि अन्य मन्त्रीको नामावली टुंगो लागेको छैन ।
रास्वपा महामन्त्री मन्त्रीमण्डल’bout छलफल भए पनि ‘को–को मन्त्री हुने ?’ भन्ने टुंगो नलागेको जनाएका छन् । छलफल जारी रहेको बताउँदै उनले प्रधानमन्त्रीसँगै मन्त्रीले समेत शपथ लिने छन् । रास्वपा स्रोतका अनुसार मन्त्री हुनेको दौडधुप बढेको छ । आकांक्षी धेरै भएकाले नेतृत्वलाई व्यवस्थापन गर्न सकस परेको छ । गृह, परराष्ट्र,रक्षासहितका मन्त्रालयमा ‘कसलाई पठाउने ?’ भन्ने’bout नेतृत्वलाई तनाव छ ।
गृह, परराष्ट्र, रक्षासहितका मन्त्रालय भावी प्रधानमन्त्री शाहले आफूनिकटका नेतालाई दिन खोजेका छन् । तर, रास्वपा सभापति लामिछानेले यी मन्त्रालयमा आफूनिकटका नेतालाई पठाउन खोजेपछि टुंगो लगाउन सकस भएको हो । गृह मन्त्रालयको जिम्मेवारी डीपी अर्याल र सुनिल लम्सालको दाबी छ । वाग्ले र अर्याल दुवै पार्टीको उपसभापति हुन् । तर, शाहले गृहमा लम्साललाई ल्याउन खोजेका छन् ।
परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र डा.अमरेशकुमार सिंह, शिक्षामा सस्मित पोखरेल, स्वास्थ्यमा डा.तोसिमा कार्की र लेखजंग थापाको चर्चा छ । पर्यटनमा सुदन गुरुङ, धनन्जय रेग्मी, विराजभक्त श्रेष्ठ तथा कानुन मन्त्रालयमा सोविता गौतमको चर्चा छ । रास्वपा प्रवक्ता मनीष झा, अरविन्द साह, गणेश पराजुलीलगायत मन्त्री हुने चर्चा रास्वपाभित्र छ ।
The post आज सांसदको शपथ, भोलि वैदिक विधिअनुसार प्रधानमन्त्रीको appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....