ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उच्च अदालतद्वारा थ्रीस्टारको पक्षमा अन्तरिम आदेश
2082 General Election Alert

उच्च अदालतद्वारा थ्रीस्टारको पक्षमा अन्तरिम आदेश

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 9:13 PM 95 views
काठमाडौं। उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को विवादास्पद निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले थ्री स्टार क्लबको मताधिकार र निर्वाचन सहभागिता रोक्ने एन्फाको निर्णय तत्काल लागू नगर्न आदेश दिएको हो । अदालतले एन्फाको २०८२ फागुन २९ गतेको निर्णय ‘सुविधा र सन्तुलन’ […]

काठमाडौं।

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को विवादास्पद निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले थ्री स्टार क्लबको मताधिकार र निर्वाचन सहभागिता रोक्ने एन्फाको निर्णय तत्काल लागू नगर्न आदेश दिएको हो ।

अदालतले एन्फाको २०८२ फागुन २९ गतेको निर्णय ‘सुविधा र सन्तुलन’ को दृष्टिकोणबाट उपयुक्त नदेखिएको ठहर गर्दै सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । उक्त निर्णयमार्फत एन्फाले थ्री स्टार क्लबको मताधिकारसम्बन्धी दाबी अस्वीकार गर्दै निर्वाचन प्रक्रियाबाट बाहिर राख्ने प्रयास गरेको थियो ।
क्लबका महासचिव धर्मेन्द्रराज शाक्यले युवा तथा खेलकुद मन्त्रालय, एन्फा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एपिएफ फुटबल क्लबलाई विपक्षी बनाउँदै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

अदालतको यो आदेशसँगै थ्री स्टार क्लबलाई एन्फाको निर्वाचन तथा मतदान प्रक्रियामा सहभागी हुने बाटो खुलेको छ । तर, बुधबार नै राष्ट्रिय खेलकुद परिषदले एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

election election 2082