ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
स्टक ब्रोकर एसोसिएसनबाट महासंघमा ढकालको उम्मेदवारी
2082 General Candidates Update

स्टक ब्रोकर एसोसिएसनबाट महासंघमा ढकालको उम्मेदवारी

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 1:10 PM 56 views
<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २९ र ३० चैतमा हुने ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि वस्तुगत तर्फको केन्द्रीय सदस्यमा सागर ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले एसोसिएसनको तर्फबाट महासंघको वस्तुगत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । जसका लागि एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति [&#8230;]</p> <p>The post स्टक ब्रोकर एसोसिएसनबाट महासंघमा ढकालको उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लो...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २९ र ३० चैतमा हुने ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि वस्तुगत तर्फको केन्द्रीय सदस्यमा सागर ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले एसोसिएसनको तर्फबाट महासंघको वस्तुगत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । जसका लागि एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई महासंघको केन्द्रीय सदस्यमा पठानाउने निर्णय गरेको थियो ।

एसोसिएसनको तर्फबाट महासंघ केन्द्रीय सदस्यमा निर्वाचन उठ्ने तयारीमा रहेका ढकालले नेपालको पुँजी बजारमा भएका विविध एजेन्डा समेत प्रस्तुत गरेका छन् । उनले हाल देशको पुँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरूदन्डको रूपमा पुँजी बजारलाई सशक्त ढंगले अघि बढाउने उद्देश्य अनुरुप स्टक ब्रोकर एसोसिएसको तर्फबाट आफूले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।

अहिले देशको पुँजीबजारको मार्केट क्याप करिब ५० खर्बको रहेको जानकारी गराउँदै उनले यसलाई नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्ने भएकाले आफु महासंघमा जान लागेको बताए । ढकालले आफुले महासंघको यस निर्वाचनमा एसोसिएसनको तर्फबाट विविध एजेन्डा सहित प्रस्तुत हुन लागेको बताए । दुई वर्ष अघिदेखि नेपालको पुँजी बजारमा आबद्ध एसोसिएसनका अध्यक्ष ढकालको पुँजीबजारका साथै जलविद्युत्, होटल पर्यटन, कृषिलगायतका क्षेत्रमा सक्रियता छ । उनले आफू महासंघमा गएर स्वदेशी उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारसँग नीतिगत पहल गर्न लाग्ने जानकारी दिए ।

जेन्जी आन्दोलनपछि फेरिएको नेपालको राजनीतिमा गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट दुईतिहाइको नयाँ सरकार बन्ने क्रममा रहेको र अब प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा गठन हुने नयाँ सरकारलाई व्यवसायीका समस्या समाधान गरी माग सम्बोधन गराउन पनि आफुले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।

The post स्टक ब्रोकर एसोसिएसनबाट महासंघमा ढकालको उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082