काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि पाँच वटा मुख्य कार्यसूची निर्धारण गरिएको छ। बैठकको सुरुमै पार्टी सभापति गगनकुमार थापाले आफ्नो धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।
पार्टीका एक केन्द्रीय सदस्यका अनुसार बैठकमा समसामयिक संविधान संशोधनको अध्ययनका लागि विज्ञ समूह गठन, १५औँ महाधिवेशनको तयारी, उम्मेदवारहरूसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन प्रभावकारिता, साथै भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिसम्बन्धी विषयहरू समावेश गरिएका छन्।
बैठकमा पार्टी सभापति थापा प्रतिनिधिसभा निर्वाचनपछिको यो पहिलो केन्द्रीय कार्यसमिति बैठकमा उनको उपस्थिति भएका हुन् ।
यसअघि प्रारम्भ भएको बैठकमा उनी अनुपस्थित रहेका थिए। त्यस अवधिमा सम्पन्न बैठकले उनले पेश गरेको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको थियो। निर्वाचन परिणामपछि आएको दबाबका बीच अस्वीकार गरिएको उक्त राजीनामापछि सभापति थापाले पुनः कार्यसमिति बैठक आह्वान गरेका हुन्।
The post कांग्रेस केन्द्रीय समिति बैठकमा ५ एजेन्डामा छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....