ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
एन्फा निर्वाचनको सरगर्मी : आजदेखि केन्द्रीय कार्यालय बन्द, चैत १३ मा चुनाव
2082 General Election

एन्फा निर्वाचनको सरगर्मी : आजदेखि केन्द्रीय कार्यालय बन्द, चैत १३ मा चुनाव

Inquiry Nepal Inquiry Nepal March 24, 2026 at 11:59 AM 49 views
एन्फाले चार वर्ष कार्यकाल पूरा नगरी चुनाव गर्न लागेको हो। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा रहेको सो कार्यसमितिको कार्यकाल असार ५ मा सकिँदैछ।...

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साधारण सभा तथा निर्वाचनका कारण आजबाट एन्फाको केन्द्रीय कार्यालय बन्द हुने जनाएको छ।

मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यालय आजदेखि बन्द हुने जानकारी गराएको हो। ‘अखिल नेपाल फुटबल संघ (एन्फा)को मिति २०८२ चैत १३ गते झापामा हुने साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि मिति २०८२ चैत १० गतेदेखि केन्द्रीय कार्यालय बन्द हुने’ उक्त विज्ञप्तिमा बताइएको छ।

एन्फाले चार वर्ष कार्यकाल पूरा नगरी चुनाव गर्न लागेको हो। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा रहेको सो कार्यसमितिको कार्यकाल असार ५ मा सकिँदैछ।

election election 2082