ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

चुनावमा एमाले हार्नुका तीनवटा विषयमा योगेश भट्टराईले मागे सुझाव

Inquiry Nepal Inquiry Nepal March 23, 2026 at 5:33 PM 56 views
काठमाडौं । गत फागुन २१ को निर्वाचनमा एमालेको लज्जास्पद पराजयपछि धेरै नेता कार्यकर्ता मुखसमेत देखाउन सक्ने अवस्थामा छैनन् । यहीबेला एमाले अध्यक्ष केपी ओली पितृशोकमा रहेकाले पनि पार्टीका नेता कार्यकर्ता धेरै मौन छन् । तर एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई, नेता गोकुल बासकोटालगायत भने चुनावी समीक्षा र कारण खोजिरहेका छन् । तीनैजना यसपटक […]

काठमाडौं । गत फागुन २१ को निर्वाचनमा एमालेको लज्जास्पद पराजयपछि धेरै नेता कार्यकर्ता मुखसमेत देखाउन सक्ने अवस्थामा छैनन् । यहीबेला एमाले अध्यक्ष केपी ओली पितृशोकमा रहेकाले पनि पार्टीका नेता कार्यकर्ता धेरै मौन छन् । तर एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई, नेता गोकुल बासकोटालगायत भने चुनावी समीक्षा र कारण खोजिरहेका छन् । तीनैजना यसपटक चुनावमा उम्मेदवार बनाइएनन् ।

पाण्डेले त नेतृत्व नसच्चिए अर्को चुनावमा एमाले एक दुई सिटमा खुम्चिने चेतावनी दिइसकेका छन् । उनले नेपालमा कम्युनिस्ट पार्टीको भविष्य धर्मर अवस्थामा रहेको समेत बताएका छन् । एमाले युवा नेता योगेश भट्टराईले प्रतिनिधिसभामा बेहोरेको हारसँगै नयाँ ढंगले अघि बढ्न तीनवटा विषयमा सुझाव मागेका छन्।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश तथा विदेशमा रहेका शुभचिन्तकसँग सुझाव मागेका हुन्। उनले प्रतिनिधिसभाको निर्वानमा भएको हारलाई ठूलो धक्का भनेका छन्। ‘निर्वाचनको परिणामले एमालेलाई ठूलो धक्का लागेको छ,’ उनले भनेका छन्, ‘एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो ? यसको वस्तुनिष्ठ समिक्षा हुनुपर्दछ।’ अब आग्रहभन्दा माथि उठेर समीक्षा गर्नुपर्ने उनको भनाइ छ। ‘फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्प सहित अघि बढ़नु पर्दछ,’ उनले भनेका छन्।

भट्टराईले त्यसका लागि उनले तीनवटा विषयमा सुझाव दिन आग्रह गरेका छन्। पहिलो, चुनावमा भएको हारलाई लिएर उनले सोधेका छन्, ‘निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन कुन कारण होलान ? र किन ? ‘नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेन्डा, प्रचार आदि? आन्तरिक र बाह्य कारण !’ दोस्रो, एमालेको रुपान्तरणका लागि सुझाव मागेका छन्। ‘एमालेको रूपान्तरणका लागि कुन कुन पक्षमा के के सुधार गर्नु पर्ला ? सुधारका प्रस्ताव सहित।

अनि रूपान्तरणको विधि र प्रक्रिया बारेमा,’ उनले लेखेका छन्। तेस्रो, एमालेका सबल र कमजोर पक्षबारे सुझाव दिन भनेका छन्। यसमा एमालेको सम्भावनाका विषयमा सुझाउन आग्रह गरेका छन्। एमालेले भने अहिलेसम्म बैठक राखेर चुनावी समीक्षा गरिसकेको छैन । पार्टी अध्यक्ष ओली शोकमा रहेकाले एमालेले कुनै औपचारिक भेला वा बैठक नराखेको हो ।

parties election 2082