ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अन्तर्घातले निर्वाचनमा पराजित भएको कांग्रेसको निचोड
2082 General Parties Update

अन्तर्घातले निर्वाचनमा पराजित भएको कांग्रेसको निचोड

Inquiry Nepal Inquiry Nepal March 22, 2026 at 6:11 PM 62 views
<p>काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निचोड निकालेको छ । घात अन्तर्घातका कारण हारिएका क्षेत्र २१ सीट रहेको प्रवक्ता देवराज चालिसेले बताए । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबीच सञ्चारकर्मीसँग कुरा उनले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारण देखिएको बताए । ५ भोटदेखि ३ हजार मतान्तर [&#8230;]</p> <p>The post अन्तर्घातले निर्वाचनमा पराजित भएको कांग्रेसको निचोड appeared first on राजधानी र...

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निचोड निकालेको छ । घात अन्तर्घातका कारण हारिएका क्षेत्र २१ सीट रहेको प्रवक्ता देवराज चालिसेले बताए ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबीच सञ्चारकर्मीसँग कुरा उनले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारण देखिएको बताए ।

५ भोटदेखि ३ हजार मतान्तर हारिएको ठाउँ २१ क्षेत्र रहेको उनको भनाइ छ । ३ देखि ५ हजार मतान्तर रहेको क्षेत्रमा पनि अन्तर्घातसँगै चुनावी क्याम्पियन चलाउने प्रक्रियामा त्रुटि भए कि भन्ने प्रारम्भिक निचोड रहेको चालिसेले बताएका छन् ।

त्यस्तै, ५(१० हजारदेखि ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक कारण, अभियान र न्यारेटिभ कारक देखिएको कांग्रेसको विश्लेषण छ । कतिपय क्षेत्रमा जनताको विश्वासमै प्रश्न उठेको हो कि भन्ने सघनतापूर्वक छलफल भएको प्रवक्ता चालिसेले बताए।

क्रियाशील सदस्यको संख्या बढ्दै जाँदा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित भएर पार्टीले विश्लेषण गर्ने उनको भनाइ छ ।

चालिसेले भने, ‘साढे ८ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एउटा घरमा ४ लाख सदस्यको हिसाब गर्दा पनि किन १७ लाखमात्र मत आयो ?’

चुनावी नतिजा’bout पार्टीमा प्रस्तुत भएका प्रतिवेदन र जिल्लाबाट आएका रिपोर्टलाई एकै ठाउँमा राखेर सुक्ष्म अध्ययनपछि निष्कर्ष निकाल्ने उनले जानकारी दिए । आगामी दिनमा कांग्रेस नवजीवन र पुन सुदृढ गर्दै अघि बढ्ने उनले बताए ।

The post अन्तर्घातले निर्वाचनमा पराजित भएको कांग्रेसको निचोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082