ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

देउवा गुटको अन्तर्घातकै कारण कांग्रेसले गुमायो २१ सिट

Inquiry Nepal Inquiry Nepal March 22, 2026 at 2:45 PM 60 views
काठमाडौं । नेपाली कांग्रेसले कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय व्यहोरेको निष्कर्ष निकालेको छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको निर्वाचन समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले पाँच देखि तीन हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा अन्तर्घात नै प्रमुख कारण भएको बताए । तीन हजारदेखि पाँच हजारसम्मको मतान्तरले हार भएका क्षेत्रमा आन्तरिक […]

काठमाडौं । नेपाली कांग्रेसले कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय व्यहोरेको निष्कर्ष निकालेको छ ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको निर्वाचन समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले पाँच देखि तीन हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा अन्तर्घात नै प्रमुख कारण भएको बताए ।

तीन हजारदेखि पाँच हजारसम्मको मतान्तरले हार भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमा कमजोरी देखिएको उनको भनाइ छ । पाँच हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’का कारण पार्टी रक्षात्मक बनेको निष्कर्ष बैठकले निकालेको छ।

‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौं । यो भोटको माइग्रेसन मात्रै हो कि माइन्डसेट नै भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक हेरिरहेका छौं । पाँचदेखि तीन हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ । ती सिट संख्याहरू २०–२१ वटा निर्वाचन क्षेत्रहरु छन्,’ चालिसेले भने ।

आठ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भए पनि अपेक्षित मत प्राप्त हुन नसक्नु गम्भीर विषय बनेको उनको भनाइ छ। ‘तीन हजारदेखि पाँच हजार मत फरकमा पराजित हुनुको कारण निर्वाचन क्याम्पेनमा नै त्रुटि भएका कारणले हुनसक्छ । हामी त्यसमा समीक्षा गर्दैछौँ । पाँच हजारदेखि १० हजारसम्मको ठूलो मार्जिनमा हामी पराजित भएका छौं, कतिपय क्षेत्रहरुमा अन्तर्घात, क्याम्पेनमा समस्याका साथै केही न्यारेटिभका कारण पनि हामीलाई डिफेन्टिभ बनायो, त्यसमा हामी असफल भयौं,’ उनले भने, ‘कतिपय क्षेत्रमा संगठानत्मक कमजोरी मात्रै नभईकन अझ बढी केही ठाउँहरुमा ठूलो मतान्तरमा चुनावको नतिजामा फरक देखिएको छ, त्यसमा जनताको विश्वासमा नै प्रश्न उठेको हो कि भन्ने छ ।’

कांग्रेस चुनावमा जाँदा एकढिक्का भएको भनिए पनि ५० प्रतिशत मात्रै गएको थियो । किनभने शेरबहादुर देउवासहित सो गुटका ठूला नेताहरु नै चुनावमा गएनन् । उनीहरूले कांग्रेस उम्मेदवारलाई भोटसमेत मागेनन् । अहिले तिनै नेताहरू कांग्रेस कमजोर बनाएको भन्दै सभापति गगन थापामाथि पोखिएका छन् । यदि अन्तर्घात नभएको भए २१ सिट थपिँदा कांग्रेस प्रत्यक्षतर्फ ३९ सिट र समानुपातिकतर्फ २२–२५ सिट हुँदा ६५ देखि ७० सिटसम्म पुग्ने बताइन्छ । यदि त्यसो हुन सकेको भए रास्वपाको अहिलेको साइज अलि खुम्चिने निश्चित थियो ।

parties election 2082