ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
राजनीतिमा हलचल तर निर्मलनिवासमा शान्त ज्ञानेन्द्र
2082 General Election Alert

राजनीतिमा हलचल तर निर्मलनिवासमा शान्त ज्ञानेन्द्र

Inquiry Nepal Inquiry Nepal March 22, 2026 at 7:12 AM 150 views
काठमाडौं । निर्वाचनअघि आन्तरिक भेटघाटमा व्यस्त पूर्वराजा ज्ञानेन्द्र शाह निर्वाचनपछि चुपचाप निर्मल निवासमा हुनुहुन्छ । फागुन २१ गतेको निर्वाचनअघि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै तत्कालको अवस्थामा निर्वाचन गर्नु उपयुक्त नभएको धारणा व्यक्त गर्नुभएका पूर्वराजा शाह निर्वाचनछि कुनै सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन । करिब चार महिना लामो झापा बसाइपछि फागुन १ गते काठमाडौं […]

काठमाडौं ।

निर्वाचनअघि आन्तरिक भेटघाटमा व्यस्त पूर्वराजा ज्ञानेन्द्र शाह निर्वाचनपछि चुपचाप निर्मल निवासमा हुनुहुन्छ । फागुन २१ गतेको निर्वाचनअघि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै तत्कालको अवस्थामा निर्वाचन गर्नु उपयुक्त नभएको धारणा व्यक्त गर्नुभएका पूर्वराजा शाह निर्वाचनछि कुनै सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन ।

करिब चार महिना लामो झापा बसाइपछि फागुन १ गते काठमाडौं फर्किनुभएका पूर्वराजाले कुनै प्रतिक्रिया दिनुभएको छैन । जेन–जी आन्दोलनपछि अस्थिर रहेको नेपालको राजनीतिमा तत्काल निर्वाचन गर्दा झनै जटिल परिस्थिति आने आँकलन गर्दै राष्ट्रिय सहमतिको आधारमा सरकार बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

देश बिग्रिसकेको अवस्थामा सबै मिलेर देश बनाउनुपर्ने धारणा पूर्वराजा ज्ञानेन्द्रको थियो । निर्वाचनको मुखैमा झापाबाट काठमाडौं फर्किंदा जिल्ला प्रशासन कार्यालयले विमानस्थलभित्र निषेधाज्ञा जारी गरेको थियो । तैपनि राजावादीले उहाँलाई त्रिभुवन विमानस्थलदेखि ¥याली गर्दै निर्मल निवाससम्म पु¥याएका थिए ।

संवैधानिक राजतन्त्र र हिन्दुराज्यको पक्षमा बेलाबेलामा अभिव्यक्ति दिने गर्नुभएका पूर्वराजा हाल शान्तिपूर्ण रूपमा निर्मल निवासमा बसिरहनुभएको छ । भित्री चाहना नाति हृदयेन्द्रलाई राजगद्दीमा ल्याउने प्रयास जारी राखेको निर्मल निवास अहिले पूर्ण शान्त देखिएको छ । उहाँले हरेकपटक झापामा राजनीतिक भेटघाट गर्दा हिन्दुराजा र राजतन्त्रको पक्षमा लाग्न सबैलाई आग्रह गर्ने गर्नुभएको थियो ।

राजावादी र दुर्गा प्रसाईंको समूहले हिन्दुराज्य राजतन्त्रको माग जारी राखेको अवस्थामा पूर्वराजाको हालको मौनतालाई गम्भीर रूपमा हेरिरहेका छन् । ‘निर्वाचनअघि निर्वाचनको माहोल नबनेको भनाइ राख्नुभएका पूर्वराजा अहिले निर्मल निवासमा चुपचाप रहनुभएको छ’ –स्रोतले भन्यो ।

प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी ५ सिट ल्याएपछि निरास देखिनुभएका पूर्वराजाको भावी रणनीति कस्तो छ भन्ने विषयमा आँकलन गर्न सकेको छैन । दुर्गा प्रसार्इं र केही राजनीतिक दलले राजतन्त्र र हिन्दुराज्यको वकालत गरिरहेको अवस्थामा अब निर्मल निवासको रणनीति कस्तो हुन्छ आँकलन गर्न सकिएको छैन ।

धार्मिक भ्रमणको नाममा देश दौडाहामा लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह दर्जनौंपटक झापा पुगिसक्नुभएको छ । झापा बसाइका क्रममा भारत भ्रमण गर्ने गर्नुभएका उहाँको अबको रणनीति के हुन्छ भन्ने विषयमा अनुमान गर्न सकिँदैन । तैपनि उहाँ फेरि पश्चिमाञ्चल भ्रमणमा निस्कने तयारी गरिरहनुभएको छ । उच्च स्रोतका अनुसार केही दिनपछि मिति तय हुनेछ ।

‘निर्वाचनमा रास्वपाले १८२ सिट पाएपछि उसैको नेतृत्वमा केही दिनमा सरकार बन्नेछ । रास्वपाका परिष्ठ नेता बालेन्द्र साह १३ गते प्रधानमन्त्री हुने लगभग निश्चितप्रायः भएको छ । त्यसपछि पूर्वराजाको रणनीति कस्तो हुन्छ भन्ने विषयमा अनुमान गर्न सकिन्छ’ –स्रोतको भनाइ छ ।

‘अहिले उहाँ निर्मल निवासमा रहनुभएको छ । कसैसँग भेटघाट भएको छैन, केही दिनपछि देशदौडामा जाने कार्यक्रम रहेको छ’ –स्रोतको भनाइ छ । नेपाली राजनीतिमा जेन–जी आन्दोलनपछि केही जेन–जीपुस्ताले नेपालमा राजतन्त्र र हिन्दुराज्य ल्याउने पहल गरिरहेका थिए । सोही मेसोमा पूर्वराजा झापा बसेर निर्वाचनको मुखैमा काठमाडौं फर्किनुभएको थियो । यसअघि राजावादीको आन्दोलन विफल भएपछि भदौ ५ गते पूर्वराजा शाह झापा पुग्नुभएको थियो ।

अब फेरि पूर्वराजाले कसरी सक्रियता देखाउनुहुन्छ त्यो भने हेर्न बाँकी छ । दुर्गा प्रसार्इं समूहले राजतन्त्र ल्याउन विभिन्न कार्यक्रम जारी राखेको छ । अबका प्रधानमन्त्री साहले देशको अवस्था कसरी विश्लेषण गर्नुहुन्छ त्यसपछि मात्र भन्न सकिने स्रोतले बतायो । राजतन्त्रको पक्षमा माहोल बनाउन उहाँको देशदौडाहाको काम जारी रहने तथा नरोकिने स्रोतको दाबी छ ।

election election 2082