ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चुनावी समीक्षा प्रतिवेदन पठाउन जसपा नेपालको सर्कुलर
2082 General Parties Analysis

चुनावी समीक्षा प्रतिवेदन पठाउन जसपा नेपालको सर्कुलर

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 6:53 PM 56 views
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन मातहतका सबै समितिलाई सर्कुलर जारी गरेको छ।...

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन मातहतका सबै समितिलाई सर्कुलर जारी गरेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला, प्रदेश तथा राष्ट्रिय समितिहरूलाई आ–आफ्नो तहमा समीक्षा बैठक आयोजना गरी निर्वाचनसम्बन्धी विस्तृत छलफल, विश्लेषण तथा मूल्याङ्कनसहित लिखित प्रतिवेदन पठाउन निर्देशन दिएका हुन्। उक्त जानकारी पार्टीका नेता पूर्ण बस्नेतले दिएका छन्।

बस्नेतका अनुसार पार्टीका आधिकारिक समितिहरूसँगै उम्मेदवारहरूले समेत छुट्टै रूपमा आफ्नो चुनावी समीक्षा प्रतिवेदन वा रिपोर्ट पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

सर्कुलरअनुसार सबै तहबाट तयार गरिएका चुनावी प्रतिवेदन आगामी चैत २० गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा बुझाइसक्नुपर्ने उल्लेख गरिएको छ।

parties election 2082