काठमाडौं । चुनावमा पार्टीको पराजयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामाप्रति आधिकांस केन्द्रीय कार्यसदस्यहरुले असहमति जनाएका छन् ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनाप्रति असहमति जनाउँदै अस्वीकार गर्ने संकेत देखाएको हुन् । यसबारे आइतबार बस्ने वैठकले निर्णय लिनेछ ।
बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो । बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा आफूसँगै पार्टीले पराजय व्यहोरेपछि थापाले नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिएका थिए । बैठकबाट राजिनामा अस्वीकार भएपछि थापा यथावत सभापति पदमा फर्किएका छन् ।
The post गगन थापाको राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यको असहमति appeared first on RONB post.