काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ। बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो ।
उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशन’bout पनि छलफल गरेको छ।
बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको जानकारी सह(महामन्त्री बहादुरसिंह लामाले दिएका छन् ।थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए ।
प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको थियो । बैठकमा थापाको राजीनामा’bout छलफल गरेर प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा पनि भएको छ।
बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति गगनकुमार थापाले दिएको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको थियो ।
The post कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्यो सभापति थापाको राजीनामा अस्वीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....