ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा दावी गर्ने
2082 General Parties

अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा दावी गर्ने

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 2:28 PM 51 views
नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा निर्वाचित अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् ।...

नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा निर्वाचित अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै संसदीय दलको नेतामा आफ्नो दावेदारी रहने बताए ।

यो दावेदारी स्वभाविक पनि रहेको उनको भनाइ छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘संसदीय दलको नेतामा स्वत: दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ । संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ ।’

तर, संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने आफ्नो चाहना रहेको जिकिर गरे ।

parties election 2082