काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिनको २ बजे हुने भएको छ।
सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। निर्वाचित सदस्यहरूले शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुनुपर्नेछ।
उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख छ। नेपाली भाषाबाहेक अन्य भाषामा पनि शपथ लिन सकिने सूचनामा जनाइएको छ।
यस्ता सदस्यहरूले शपथको ब्यहोरालाई आफ्नो मातृभाषामा अनुवाद गरी सोको प्रतिलिपि शपथ कार्यक्रमभन्दा तीन दिन अगावै संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा उपलब्ध गराउनुपर्नेछ।
सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ।
बिहीबार मात्र आयोगले औपचारिक रुपमा चुनावको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो भने संसद सचिवालयले पनि राष्ट्रिय दलका मान्यता पाएका छ दलका प्रतिनिधिसँग छलफल गरेको थियो।
The post नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते,यस्ता छन् नियम appeared first on RONB post.