ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेस केन्द्रीय समिति बैठक आज, थापाको राजीनामा र रणनीतिमा छलफल
2082 General Parties Analysis

कांग्रेस केन्द्रीय समिति बैठक आज, थापाको राजीनामा र रणनीतिमा छलफल

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 7:20 AM 95 views
काठमाडौ । काठमाडौँमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ। बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामामाथि निर्णय र आगामी महाधिवेशनको तयारीबारे पनि […]

काठमाडौ ।

काठमाडौँमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामामाथि निर्णय र आगामी महाधिवेशनको तयारीबारे पनि विचार–विमर्श गरिनेछ।

निर्वाचनमा कमजोर नतिजापछि थापाले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा पार्टीभित्र मतभेद देखिएको छ।

parties election 2082