ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गृहमन्त्री अर्याल ललितपुरका विभिन्न मतदान स्थलको अनुगमनमा
2082 General Election

गृहमन्त्री अर्याल ललितपुरका विभिन्न मतदान स्थलको अनुगमनमा

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 2:28 PM 56 views
टोलीले ललितपुरको बुंमती, गोटिखेल, लेलेलगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो।

गृहमन्त्री ओमप्रकाश अर्याल पर्सि (बिहीबार) हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित तयारी र समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न ललितपुरको दुर्गम क्षेत्रमा पुगेका छन्।

मन्त्री अर्याल नेतृत्वको टोलीले निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्नेछ। गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्चअधिकारीको टोलीले ललितपुरको बुंमती, गोटिखेल, लेलेलगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो।

निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध्यान दिएर सम्बन्धित सुरक्षा निकाय र मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने कार्यक्रम रहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए।

यसअघि आइतबार गृहमन्त्री अर्याल, गृह सचिव श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकारीको टोलीले बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो।

election election 2082