ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आयोगले राष्ट्रपति समक्ष बुझायो निर्वाचन प्रतिवेदन
2082 General Commission Update

आयोगले राष्ट्रपति समक्ष बुझायो निर्वाचन प्रतिवेदन

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 5:44 PM 81 views
<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले फागनु २१ गते सम्पन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को प्रतिवेदन पेस गरेको छ । शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न [&#8230;]</p> <p>The post आयोगले राष्ट्रपति समक्ष बुझायो निर्वाचन प्रतिवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्र...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले फागनु २१ गते सम्पन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को प्रतिवेदन पेस गरेको छ । शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । साथै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए ।

‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ पौडेलले भने ।

आयोगले औपचारिकरूपमा प्रतिवेदन बुझाएसँगै अब नवनिर्वाचित सांसदहरुको शपथ र सरकार गठनको बाटो खुलेको छ । संसद सचिवालयले चैत १२ गते सांसदहरूको शपथ ग्रहण समारोह आयोजना गरेको छ ।

शपथपश्चात १८२ सीटसहित दुईतिहाइ नजिक पुगेको रास्वपाले एकल सरकार बनाउनेछ । संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम रास्वपाले दलको बैठक बोलाएर संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्छ ।

The post आयोगले राष्ट्रपति समक्ष बुझायो निर्वाचन प्रतिवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082