ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
निर्वाचन आयोगद्धारा समानुपातिकतर्फका निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण
2082 General Commission

निर्वाचन आयोगद्धारा समानुपातिकतर्फका निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 2:10 PM 65 views
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ। आयोगले बिहीबार एक कार्यक्रमकाबीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा […]

काठमाडौँ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ।

आयोगले बिहीबार एक कार्यक्रमकाबीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ सिट जितेका थिए । प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको थियो ।

commission election 2082