काठमाडौं । चलचित्र ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ । चलचित्रमा अभिनेता जितु नेपाल शीर्ष भूमिकामा छन् । यसमा आफूले २०३५ सालतिर ढाकरमा सामान बोकेर बजारबाट गाउँसम्म लैजाने भरियाको भूमिका निर्वाह गरेको जितुले बताए ।
२१ फागुनको संसदीय निर्वाचन अघि करिब ६० प्रतिशत छायांकन गरिएको यो चलचित्रको जम्मा २१ दिनमा सम्पूर्ण छायांकन सकिएको छ । एक महिनाको छायांकन लक्ष्य लिएकोमा मौसमले साथ दिएका कारण २१ दिनमा सबै छायांकन सकिएको जितुले राजधानीलाई बताए ।
राजेन्द्र बस्नेत निर्देशित यो चलचित्रको धनकुटासँगै सुनसरीको चतरा, वराहक्षेत्रमा छायांकन गरिएको थियो । चलचित्रमा आफ्नो भूमिका’bout जितुले भने,‘चार दशक अघि धनकुटामा कार्की साइँला भन्ने निकै रसिक र सबैलाई सहयोग गर्ने भरिया थिए रे । तीनै भरियाको जीवनमा आधारित रहेर लेखिएको कथा मलाई मन परेपछि मैले यो भूमिका निर्वाह गरेको हुँ’, चलचित्रमा काम गर्दा त्यति बेलाका भरियाहरूको संघर्ष र पीडा पनि आफूले महसुस गर्ने अवसर पाएको जितुले बताएका छन् ।
‘कार्की साइँला’ मा जितुसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मानसी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
बालकुमार राई निर्माता रहेको यस चलचित्रका प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ हुन् । चलचित्रलाई डम्बर राईले खिचेका छन् । जसमा किरण दाहालको द्धन्द्ध निर्देशन, दिप्सन लिम्बुको संगीत रहेको छ ।
The post २१ दिनमै ‘कार्की साइँला’को छायांकन सके जितुले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....