काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगले ६ राजनीतिक दलका ११० समानुपातिक सांसदलाई आज आयोगको कार्यालयमा एक कार्यक्रम आयोजना गरी प्रमाणपत्र प्रदान गरेको हो ।
आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन् ।
सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली काँग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार-चार जना सांसद निर्वाचित भएका छन् । आयोगले निर्वाचनको मत परिणाम अनुसार निर्वाचित सांसदहरूको सूची राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै छ ।
The post निर्वाचित सांसदहरूको सूचि राष्ट्रपतिलाई बुझाउने तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....