ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

प्रधानमन्त्रीद्वारा पशुपतिनाथमा रुद्राभिषेक पूजा

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 12:01 PM 36 views
<p>काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गरेकी छिन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गरेकी हुन् । साथै, आगामी दिनमा देश अझ उन्नतिको दिशामा अघि बढोस् भन्ने कामना व्यक्त गरेकी छन् । उनले सम्पूर्ण नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ सुदृढ [&#8230;]</p> <p>The post प्रधानमन्त्रीद्वारा पशुपतिनाथमा रुद्राभिषेक पूजा appeared first on RONB post.</p>

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गरेकी हुन् । साथै, आगामी दिनमा देश अझ उन्नतिको दिशामा अघि बढोस् भन्ने कामना व्यक्त गरेकी छन् । उनले सम्पूर्ण नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ सुदृढ बनोस् भनी अपिलसमेत गरिन् ।

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा तथा कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति रहेको थियो ।

The post प्रधानमन्त्रीद्वारा पशुपतिनाथमा रुद्राभिषेक पूजा appeared first on RONB post.

election election 2082