ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘बालेन लहर’ र ‘राजीव लहर’ उस्तै हो : शंकर पोखरेल
2082 General Election

‘बालेन लहर’ र ‘राजीव लहर’ उस्तै हो : शंकर पोखरेल

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 12:31 PM 32 views
सन् १९८४ को भारतीय आम चुनावमा राजीव गांधीको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसले दुई तिहाइभन्दा बढी सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो।...

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको हालको निर्वाचनमा देखिएको ‘बालेन लहर’लाई भारतको सन् १९८४ को आम चुनावमा देखिएको ‘राजीव लहर’सँग तुलना गरेका छन्।

सन् १९८४ को भारतीय आम चुनावमा राजीव गान्धीको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसले दुई तिहाइभन्दा बढी सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। त्यतिबेला वर्तमान सत्तारूढ भारतीय जनता पार्टी भने केवल २ सिटमा सीमित भएको उनले स्मरण गराएका छन् ।

विशाल जनसमर्थन पाउँदा पनि भारतको कांग्रेस क्रमशः कमजोर बन्दै गएको र भाजपा विस्तारै सुदृढ भएको स्मरण गराउँदै उनले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन् ।

पोखरेलले दीर्घकालीन सफलताका लागि जनअपेक्षा पूरा गर्ने क्षमता, बलियो संगठन निर्माण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति आवश्यक हुने बताएका छन् ।

election election 2082