ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रधानमन्त्रीद्वारा पशुपतिनाथमा पूजा, शान्तिपूर्ण निर्वाचनप्रति कृतज्ञता
2082 General Election

प्रधानमन्त्रीद्वारा पशुपतिनाथमा पूजा, शान्तिपूर्ण निर्वाचनप्रति कृतज्ञता

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 10:39 AM 42 views
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा आराध्यदेवप्रति कृतज्ञता व्यक्त गर्दै उनले देशलाई शान्ति र स्थायित्वतर्फ अघि बढाउन सबैको साथ सहयोगप्रति धन्यवाद दिइन्। उनले आगामी दिनमा मुलुक अझ उन्नतिको मार्गमा अघि बढोस् भन्ने कामना गर्दै नेपालीहरूबीच एकता, सद्भाव र आत्मीयता थप सुदृढ […]

काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा आराध्यदेवप्रति कृतज्ञता व्यक्त गर्दै उनले देशलाई शान्ति र स्थायित्वतर्फ अघि बढाउन सबैको साथ सहयोगप्रति धन्यवाद दिइन्।

उनले आगामी दिनमा मुलुक अझ उन्नतिको मार्गमा अघि बढोस् भन्ने कामना गर्दै नेपालीहरूबीच एकता, सद्भाव र आत्मीयता थप सुदृढ हुने विश्वास व्यक्त गरिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पूजामा  सरिक थिए । 

election election 2082