ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Commission

अर्जुननरसिंह केसी संसद्का ज्येष्ठ सदस्य,पहिलो बैठकको अध्यक्षता गर्ने

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 8:56 AM 58 views
<p>काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सपथ गराउने भएका छन् । केसी यस पटक प्रतिनिधिसभाका २७५ मध्ये सबैभन्दा पाका सदस्य हुन् । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका केसी ७८ वर्षका भए । निर्वाचन आयोगले राखेको उमेर विवरणमा उनी हाराहारीका अरू सांसद छैनन् । सदनको सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतमा [&#8230;]</p> <p>The post अर्जुननरसिंह केसी संसद्का ज्येष्ठ सदस्य,पहिलो बैठकको अध्यक्षता गर्ने appeared first on RONB post.</p>

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सपथ गराउने भएका छन् । केसी यस पटक प्रतिनिधिसभाका २७५ मध्ये सबैभन्दा पाका सदस्य हुन् ।

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका केसी ७८ वर्षका भए । निर्वाचन आयोगले राखेको उमेर विवरणमा उनी हाराहारीका अरू सांसद छैनन् । सदनको सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतमा उनले सभाको अध्यक्षता गर्ने र अन्य सांसदलाई पद तथा गोपनीयताको सपथ गराउने छन् ।

संविधानको धारा ८८ अनुसार संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ। धारा ९१ (५) अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ।

शपथ सम्बन्धी ऐन, २०७९ : यस ऐन र संसदीय व्यवस्था अनुसार, सभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले नै सदस्यहरूलाई शपथ गराउने जिम्मेवारी पाउँछन्। नयाँ सभामुख र उपसभामुखको चयन नभएसम्म अर्जुन नरसिंह केसीले नै सदनको बैठक सञ्चालन गर्नेछन्। ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ। सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो विशेष जिम्मेवारी समाप्त हुनेछ।

The post अर्जुननरसिंह केसी संसद्का ज्येष्ठ सदस्य,पहिलो बैठकको अध्यक्षता गर्ने appeared first on RONB post.

commission election 2082