ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
नेतृत्व फेर्ने बहसले कांग्रेस–एमालेमा किचलो
2082 General Parties Update

नेतृत्व फेर्ने बहसले कांग्रेस–एमालेमा किचलो

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 4:54 AM 91 views
<p>काठमाडौं । २१ फागुनमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएसंगै लज्जास्पद हार व्यहोरेका पुराना दलका अध्यक्ष र सभापतिले राजीनामा दिनुपर्ने आवाज चर्कोरुपमा उठ्न थालेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्वले राजीनामा दिनुपर्ने बहस सुरु भएको छ । निर्वाचनमा अप्रत्याशित हार व्यहोरेपछि पार्टीभित्र नेतृत्वको औचित्य, रणनीतिक कमजोरी र जिम्मेवारी &#8217;boutमा बहस सुरु [&#8230;]</p> <p>The post नेतृत्व फेर्ने बहसले कांग्रेस–एमालेमा किचलो appeared first on राजधानी राष्ट्रि...

काठमाडौं । २१ फागुनमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएसंगै लज्जास्पद हार व्यहोरेका पुराना दलका अध्यक्ष र सभापतिले राजीनामा दिनुपर्ने आवाज चर्कोरुपमा उठ्न थालेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्वले राजीनामा दिनुपर्ने बहस सुरु भएको छ ।

निर्वाचनमा अप्रत्याशित हार व्यहोरेपछि पार्टीभित्र नेतृत्वको औचित्य, रणनीतिक कमजोरी र जिम्मेवारी ’boutमा बहस सुरु भइरहँदा अर्को दल नेपाल कम्युनिस्ट पार्टी भने नेतृत्व परिवर्तनका विषयमा मौन छ । विशेष महाधिवेशनबाट कांग्रेसको सभापति भएका गगनकुमार थापाले आफैँ निर्वाचनमा पराजित भएका छन् । तर पार्टीभित्र निर्वाचनको समीक्षा समेत अहिलेसम्म हुन सकेको छैन ।

नेतृत्वले राजीनामा दिनुपर्ने र दिन नहुने दुवै किसिमको आवाज सार्वजनिक भइरहेको छ । थापा निकटका नेताहरूले राजीनामा दिन नहुने बताउँदै गर्दा संस्थापन इतरका नेताहरूले पराजयको जिम्मेवारी लिँदै तुरुन्त राजीनामा गरेर १५औं महाधिवेशनमा जानुपर्ने तर्क गरिरहेका छन् । विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताउँदै उनीहरूले अब नियमित महाधिवेशनमा जानुपर्ने जनाएका छन् ।

कांग्रेस नेता एवं राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले पार्टी सभापति थापाले तुरुन्त तत्काल महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद पराजय व्यहोर्नुपरेको जिकिर गर्दै उनले थापाले राजीनामा दिनुपर्ने बताए । जनताले दिएको म्यान्डेटलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै उनले विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गरे ।

त्यस्तै, कांग्रेस नेता एवं राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले थापासहितका नेताहरूले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाएका छन् । कांग्रेसमा विशेष महाधिवेशनको औचित्य समाप्त भएको र एमालेमा महाधिवेशनबाट अनुमोदित नेतृत्वमा जनमतमा अस्वीकृत भएकाले विकल्प दिनुपर्ने माग बढेको छ ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेकाले कांग्रेस जस्तो चर्को बहस एमालेमा छैन । यद्यपि नेतृत्वले विकल्प दिनुपर्ने आवाज भने उठिरहेको छ । कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको टिप्पणी गरेका छन् । पार्टीको आन्तरिक विवादसँग जोडिएर सर्वोच्च अदालतमा पुगेको मुद्दालाई छिटो किनारा लगाउन उनले आग्रह समेत गरेका छन् ।

विशेष महाधिवेशन’bout नेता सिटौलाले संस्थागत रूपमा आफूहरूले त्यसलाई आवश्यक नठानेको स्पष्ट पारेका छन् । पार्टीको आन्तरिक विषयलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले पार्टीको आगामी बाटो तय गर्न प्रभाव पार्ने भएकाले यसलाई छिटो टुङ्ग्याउनुपर्ने उनले जनाएका छन् । एमालेभित्रमा नेताहरू योगेश भट्टराइ, सुरेन्द्र पाण्डे, रचना खड्का, उषाकिरण तिमिल्सिनालगायतकाले नेतृत्वमाथि प्रश्न उठाउँदै राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

The post नेतृत्व फेर्ने बहसले कांग्रेस–एमालेमा किचलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082