ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कार्यसम्पादनमा कालीगण्डकी पहिलो, हरिनास पुछारमा
2082 General Results Result

कार्यसम्पादनमा कालीगण्डकी पहिलो, हरिनास पुछारमा

Inquiry Nepal Inquiry Nepal March 17, 2026 at 3:08 PM 62 views
स्याङ्जा। नेपाल सरकारको कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका पहिलो भएको छ । जिल्लाका ११ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा कालीगण्डकी गाउँपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको अन्तिम नतिजामा कालीगण्डकी गाउँपालिका ७८ दशमलब १९ अंक प्राप्त गर्दै जिल्लामै पहिलो भएको छ । आर्थिक वर्ष २०८३-०८४ का लागि आयोगको सिफारिसमा […]

स्याङ्जा।

नेपाल सरकारको कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका पहिलो भएको छ । जिल्लाका ११ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा कालीगण्डकी गाउँपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको अन्तिम नतिजामा कालीगण्डकी गाउँपालिका ७८ दशमलब १९ अंक प्राप्त गर्दै जिल्लामै पहिलो भएको छ । आर्थिक वर्ष २०८३-०८४ का लागि आयोगको सिफारिसमा संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान रकम कार्यसम्पादन मूल्याङ्कनका आधारमा दिइन्छ । कालीगण्डकी गाउँपालिका पहिलो हुँदा प्राप्त अंकका आधारमा वालिङ नगरपालिका ७६ दशमलब ३१ अंक ल्याएर जिल्लामै दोस्रो भएको छ ।

त्यसैगरी फेदीखोला गाउँपालिका ७६ दशमलब १ अंक ल्याएर जिल्लामा तेस्रो हुँदा पुतलीबजार नगरपालिका ७५ दशमलब २९ अंक प्राप्त गर्दै चौथो भएको छ । अर्जुनचौपारी गाउँपालिका ७४ दशमलब ६८ अंक ल्याएर पाँचौ हुँदा बिरुवा गाउँपालिका ७४ दशमलब ६७ अंक प्राप्त गरेर छैटौं स्थानमा रहेको छ । उता आँधीखोला गाउँपालिका ७२ दशमलब ८२ अंकसहित सातौं हुँदा भीरकोट नगरपालिका ६७ दशमलब १९ अंक ल्याएर आठौं स्थानमा रहेको छ । नवौं स्थानमा रहेको गल्याङ् नगरपालिकाले ६६ दशमलब ६४ अंक ल्याउँदा चापाकोट नगरपालिका ५१ दशमलब ६७ अंक प्राप्त गर्दै दशौं स्थानमा रहेको छ । कार्यसम्पादनमा सधैजसो पछाडी रहने हरिनाश गाउँपालिका ४९ दशमलब १९ अंक ल्याएर जिल्लाको एघारौं तथा पुछारको पालिका बनेको छ । हरिनास गाउँपालिकाको नेतृत्व नेकपा एमालेबाट निर्वाचित अध्यक्ष खिमनारायण मानन्धरले गर्नुभएको छ ।

आयोगले यसअघि प्रकाशित गरेको प्रारम्भिक नतिजामा पनि कालीगण्डकीले ७८ दशमलब १९ अंक ल्याएर जिल्लामै पहिलो भएको थियो । ७६ अंक ल्याएको वालिङ नगरपालिका दोस्रो स्थानमै थियो भने फेदीखोला गाउँपालिकाले ७६ दशमलब ०२ अंक ल्याएर तेस्रो हुँदा पुतलीबजार नगरपालिका ७५ दशमलब ३१ अंक ल्याएर चौथो स्थानमै थियो । यसअघिको नतिजामा ६९ दशमलब ६९ अंक ल्याएको अर्जुनचौपारीले पछिल्लो नतिजामा ७४ दशमलब ६८ अंक ल्याएर सुधार गरेको छ । बिरुवा गाउँपालिकाको ७४ दशमलब ६८ अंक हुँदा आँधीखोला गाउँपालिकाको ७२ दशमलब ८३ अंक थियो । भीरकोट नगरपालिकाको ६७ दशमलब २१ अंक हुँदा गल्याङ नगरपालिकाले ६१ दशमलब ६६ ल्याएको थियो । चापाकोट नगरपालिकाले ५१ दशमलब ७० र हरिनास गाउँपालिकाले ४९ दशमलब २० प्रतिशत अंक प्राप्त गरेका थिए ।

वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा १०० पूर्णाङ्कलाई आधार मानेर मूल्याङ्कन गर्दै आएको छ । त्यहि मूल्याङ्कनका आधारमा अनुदानको बजेट विनियोजन गर्ने गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार १० असारभित्र बजेट पेस गरे-नगरेको, असार मसान्तभित्र बजेट पारित गरे-नगरेको, प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम पुस मसान्तभित्र प्रदेश सञ्चित कोषमा जम्मा गरे-नगरेको, आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको लगायतका विवरणलाई आधार मानेर मूल्याङ्कन गरिन्छ । 

results election 2082